प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन्: वरिष्ठ नेता पौडेल

गोरखा | कात्तिक २८, २०७९

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन्: वरिष्ठ नेता पौडेल

गोरखा:  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताउनुभएको छ । 


गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताउनुभयो ।

 
“शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।” उहाँले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताउनुभयो । 


वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताउनुभयो । “हसियाँ हतौडासँग डराउनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “रुखले हँसिया हताँडालाई भोट हाल्नुस्, रुखले हँसिया हतौडालाई भोट हाल्नुस यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।” प्रचण्डले निर्वाचन जितेर गएपछि उहाँले नै देशको नेतृत्व गर्नसक्ने उहाँको दाबी छ । 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्